Skip to content

साउदी अरबमा भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु, तीन जना घाइते

nabil
global ime

काठमाडौं । साउदी अरबमा हालै भएका आक्रमणमा परी एक जना नेपाली नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना नेपाली नागरिक घाइते भएका छन् ।

घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुनेमा जोड दिएको छ।

विवाद तथा द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गर्दै नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउनसमेत आह्वान गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T