Skip to content

सीजी मोटर्सको नयाँ योजनाः ९.९९ लाख डाउन पेमेन्टमै ‘आयोन भी’ विद्युतीय एसयूभी

nabil
global ime

काठमाडौं । सीजी मोटर्सले आफ्नो प्रिमियम विद्युतीय पारिवारिक एसयूभी ‘आयोन भी’ का लागि विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीले सीमित अवधिका लागि ल्याएको योजनाअन्तर्गत ग्राहकले केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा नयाँ आयोन भी खरिद गर्न पाउनेछन् ।

योजनामा एक वर्षको निःशुल्क बीमा, एक आर्थिक वर्षको सडक कर, नगद छुट, पुरानो गाडी साट्दा एक्सचेन्ज बोनस तथा आधिकारिक एसेसरिज उपलब्ध गराइने कम्पनीले जनाएको छ।

फराकिलो क्याबिन, आधुनिक प्रविधि र लामो दूरीको यात्राका लागि उपयुक्त आयोन भीमा कम्पनीले ११ वर्षसम्मको विस्तारित वारेन्टीसमेत उपलब्ध गराएको छ।

नेपाली सहर तथा राजमार्गमा सहज यात्रालाई ध्यानमा राखेर तयार गरिएको यस गाडीले आरामदायी र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

गाडीको टेस्ट ड्राइभ तथा अफरबारे थप जानकारीका लागि नजिकैको सीजी मोटर्स वा जीएसी आयोनको शोरुममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T