Skip to content

नेपाल रि– इन्स्योरेन्सले १६.९१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, चुक्ता पुँजी २० अर्ब पुर्‍याइने 

nabil
global ime
काठमाडौं । नेपाल रि–इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १६.९१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने उद्देश्यले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने छ ।
कम्पनीमा रहेको नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट हकप्रद सेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागिएको हो।
आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T