Skip to content

एयरबस विमानमा सफ्टवेयर अपडेट, एयर न्यूजील्यान्डका १२ उडान रद्द

nabil bank

काठमाडौं । एयर न्यूजील्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ ।

एयर न्यूजील्यान्डका प्रमुख सुरक्षा अधिकारी नेथन म्याकग्रोका अनुसार सफ्टवेयर अपडेट समस्या देशभित्र र अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने ३७ वटा एयरबस विमानलाई प्रभावित भएको छ । उनले यो अपडेट पूरा गर्न करिब दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको बताए ।

न्यूजील्यान्ड नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरबस ए–३२० विमानको अवस्थाबारे पूर्ण रूपमा अवगत छन् ।

यूरोपेली सङ्घको उड्डयन सुरक्षा एजेन्सीले जारी गरेको आपत्कालीन सुरक्षा निर्देशन कार्यान्वयन गर्न एयर न्यूजील्यान्ड र अन्य सम्बन्धित निकायहरूसँग मिलेर काम गरिरहेका छन् । यस निर्देशनअनुसार सबै ए–३२० विमानमा आवश्यक सफ्टवेयर अपडेट गर्नु अनिवार्य गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime