Skip to content

मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन पूर्व-पश्चिम एसियन राजमार्गको निरीक्षण 

nabil bank
काठमाडाैं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एसियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन् ।
 नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लबीपुरसम्मको ९५ किलोमिटर सडक एसियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति २५ प्रतिशत छ ।
 मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामलगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मन्त्री घिसिङ सडक स्तरोन्नतिको काम सुरु भएको तर जुन गतिमा हुन पर्ने हो त्यसअनुसार काम हुन नसकेको देखिएको बताए ।
हिउँद सुरुभएसँगै कामको गति बढाउनु पर्ने उपयुक्त मौसम भएको उल्लेख गर्दै मन्त्री घिसिङले जनशक्ति थप गरी कामको गति बढाउन आग्रह गरेका छन् । सडकको दायाँबायाँ रहेको विद्युतका पोल सार्न केही समस्या देखिएका भएता पनि समस्या समाधान नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरी गरी निर्माण प्रभावित हुन नदिने उनको भनाइ छ ।
सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । काँकडभिट्टादेखि झापाको केरला सिता पुरीसम्म ४५ किलोमिटर खण्डको निर्माण प्रगति २९ प्रतिशत छ । यो खण्ड निर्माणका लागि कात्तिक २०८० मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सिता पुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडकको निर्माण प्रगति १३ प्रतिशत मात्र छ ।
आयोजनामा १३४ वटा कल्भर्ट तथा वन्यजन्तुमैत्री अन्डर पास, ७ वटा सवारी अन्डर पास, ५ वटा आकाशे पुललगायतका सडक संरचना निर्माण हुनेछन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime