Skip to content

मेडिकल शिक्षाको पिजीतर्फ २ हजार ३० सिट निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको स्नातकोत्तर तह (पीजी) तर्फ (एमडी, एमएस, नर्सिङ्ग) लगायत विषयका लागि सिट निर्धारण गरेको छ। यस बर्षदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गरेको सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायलाई दुई सिट छुट्याइएको छ भने विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा ४ सिट छुट्याइएको छ ।

‘दुई जना विद्यार्थीलाई पढाएर कसरी विश्वविद्यालयको विज्ञान संकाय संचालन हुन सक्छ रू यसरी सिट तोक्नु भन्दा नतोकेकै भए राम्रो हुन्थ्यो । यो त तमासा भयो’ सुदूर पश्चिम विश्व विद्यालयका एक पदाधिकारीले मेरो लगानीसँग भने । उनका अनुसार २ जना विद्यार्थी मात्र पढाउँदा पनि जनशक्ति र पूर्वाधारमा पूर्ण क्षमतामा पठन पाठन गरिए जत्तिकै खर्च हुने भएकोले विश्व विद्यालयको लागि अहिले गरिएको कोटा निर्धारण निल्नु न ओकल्नु जस्तै हुने देखिएको छ ।

आयोगले आगामी शैक्षिक सत्रका लागि २ हजार ३० सिट निर्धारण गर्दा सरकारी मेडिकल कलेजलाई १ हजार ३१ सिट छुट्याइएको छ भने निजी मेडिकल कलेजले ९ सय ९९ सिट छुट्याइएको छ । देशभर १८ सरकारी र २७ निजी मेडिकल कलेजले पीजी तहको पठनपाठन गर्दै आएका छन् । गत वर्षभन्दा सरकारीमा केही सिट बढाइएको र निजीमा केही सिट घटाइएको आयोगले जानकारी दिएको छ ।

सरकारीतर्फ सबैभन्दा बढी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले २ सय ४५ सिटको कोटा पाएको छ। त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई २ सय ४, महाराजगन्ज क्याम्पस (शिक्षण अस्पताल) लाई १ सय १८ सिट छुट्याइएको छ ।

निजीतर्फ सबैभन्दा बढी काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालले १२७ सिट पाएको छ। चितवन मेडिकल कलेजलाई ८९, नेशनल मेडिकल कलेजलाई ८१ र काठमाडौँ मेडिकल कलेजलाई ५८ सिट छुट्याइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi