Skip to content

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २७ निर्णयहरू (निर्णयसहित)

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २७ वटा निर्णय गरेको छ ।

बैठकले गरेका निर्णय आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।

सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गर्ने नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै माघ १ गतेदेखि एकपटकमा पाँच लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरीद विक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi