काठमाडौं । भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि ओली कुटी निर्माण सुरु भएको हो । कुटीको शिलान्यास राधिका शाक्यले गरेकी छिन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बालकोटमा रहेको ओलीको निवासमा आगजनी भएको थियो । आगजनिपछि ओली गुण्डुमा भाडाको घरमा बस्दै आएका थिए । उक्त घर करिब एक रोपनी क्षेत्रफलमा निर्माण हुने जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्