Skip to content

अलैँचीको निर्यात १०९.२० प्रतिशतले बढ्योः छुर्पी, अदुवा, काउली, ब्रोकाउली र मुसुरो दालको पनि निर्यात बढ्यो 

nabil bank
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९.२० प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो ।
चार महिनामा एक हजार ८२३.९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए ।
अघिल्लो आव २०८१/८२ को सोही अवधिमा एक अर्ब ९० करोड दुई लाख बराबरको अलैंची निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको चार महिनामा चियाको निर्यात ३७.७० प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य बस्तुहरुमा भेनियर सिट १३४.८० प्रतिशत, छुर्पी ३३ प्रतिशत, अदुवा, सुठो ३.२० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी प्लाउड ५२.७० प्रतिशत, अम्रिसो २३.९० प्रतिशत र फलामे पाता निर्यातमा ९७.३० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा सात अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime