काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारीको थुनछेक मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा थुनछेक बहस थियो । मुद्दा हेर्न नमिल्नेमा परेको हो । आज विशेष अदालतका न्यायाधीहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा परेको थियो ।
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको पाएपछि बुधबार अधिकारीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ ।
उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग दाबी गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्