Skip to content

भिजिट भिसा प्रकरणमा ७ जनाविरुद्ध मुद्दा दायर, को–को परे ?

काठमाडौं । अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित ७ जना र दुई कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अध्यागमन अधिकृत यज्ञराज अर्याल तथा बालकृष्ण खड्का, राम खड्का, कविता पौडेल र खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ। सुवेदी घरजग्गा व्यवसायी हुन्। ग्रिनलाइन होलिडे प्रालि र अर्को एउटा कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ।

घुस तथा रिसवतको मुद्दामा भट्टराईविरुद्ध ७९ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरिएको छ। सहसचिव भट्टराई तथा पौडेल र सुवेदीविरुद्ध सम्पति शुद्धीकरणको कसुरमा १ करोड ३ लाख ७९ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ।

अख्तियारले गत जेठ पहिलो साता सहसचिव भट्टराईलाई पक्राउ गरेर भिजिट भिसा प्रकरणको अनुसन्धान अगाडि बढाएको थियो। यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि जोडिएकामा अख्तियारले उनलाई प्रतिवादी बनाएको छैन।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi