Skip to content

नेको ईन्स्योरेन्सका सीईओ अशोक खड्काको फेसबुक ह्याक

काठमाडौं । नेको इन्स्योरेन्का कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्काको फेसबुक पेज तथा आईडी ह्याक भएको छ । खड्काको फेसबुक ह्याक भएको कारण उनको नामबाट नामबाट फेसबुकमार्फत गरिने कुनै पनि गतिविधि आधिकारिक नभएको स्पष्ट पारेका छन् ।

उनको फेसबुक ह्याक भएको विषयमा कम्पनीको तर्फबाट सूचना जारी गरिएको छ । जारी सूचनाअनुसार ह्याक भएको फेसबुक पेज तथा आईडीबाट रकम माग गर्ने, विभिन्न विवरण प्रकाशन गर्ने वा कुनै किसिमका सूचना दिने कार्य हुन सक्ने भएकाले त्यस्ता पोस्ट तथा सन्देशहरूमा विश्वास नगर्न कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ।

साथै, उक्त ह्याकसम्बन्धी गतिविधिबाट हुने कुनै पनि प्रकारका विवरण, सूचना वा आर्थिक कारोबारप्रति प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी जवाफदेही नहुने पनि सूचनामा उल्लेख गरिएको छ। कम्पनीले फेसबुक पेज तथा आईडी पुनः रिकभर भएपछि आधिकारिक रूपमा पुनः जानकारी गराइने जनाएको छ। हालका लागि सीईओ खड्काको नाममा फेसबुकमार्फत आउने कुनै पनि अनुरोध, सूचना वा आर्थिक मागप्रति सतर्क रहन तथा नपत्याउन नेको इन्स्योरेन्सले सबैमा अनुरोध गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima