Skip to content

सोमबार नेप्से २७.५४ अंकले बढ्यो, कारोबार ५ अर्ब ८५ करोड

 

काठमाडौं । साताको लदोस्रो दिन सोमबार नेप्से परिसूचक २७.५४ अंक बढेर २०९२.०० विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ७.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अंक बढेको छ।

नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २५ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१५ स्टकको ८० हजार ९८२ पटकको कारोबारमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको सेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको उपकार लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। फस्ट माइक्रोफाइनान्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब साढे १३ करोडको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ४.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र म्युचुअल फण्ड उपसमूहको परसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक घटेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life