Skip to content

फागुन २१ को निर्वाचन निष्पक्ष र भयरहित बनाउन सबैको सहकार्य आवश्यक छ: प्रधानमन्त्री कार्की  

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा अघि बढाउन निर्वाचन नै एकमात्र विकल्प भएको बताएकी छिन् । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस समारोहमा प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनपछि देशमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै सरकार अहिले सुशासन र निर्वाचनलाई मुख्य एजेन्डाका रूपमा अघि बढाइरहेको जानकारी दिएकी छिन् । उनका अनुसार निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारीका कामहरू तीव्र रूपमा अगाडि बढाइएका छन् । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर उनले बताइन् ।
निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला सबैलाई आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्। उनले लोकतन्त्रको सुदृढीकरण र स्थायित्वका लागि निर्वाचन नै सुरक्षित र वैधानिक बाटो भएको धारणा व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि प्रकारको अराजकताले स्थान पाउन नहुने स्पष्ट पारिन।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi