Skip to content

नेपाल ट्रस्टको जग्गा लिज प्रकरणः पूर्वसचिव कार्कीसहित ४ जनाविरुद्ध ठगी मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

काठमाडौं । नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा ४ जनाविरुद्ध आज ठगी मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले आज दायर मुद्दा दार गरेको हो ।

कार्यालयले आज पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र उक्त ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको हो ।

काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा सबैलाई ५ वर्ष कैद सजाय माग गरिएको छ ।

उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको अनुसन्धानले देखाएको छ ।

नेपाल ट्रस्टले २०७३ असार १४ गते दरबारमार्गस्थित जग्गा भाडामा दिन टेन्डर आह्वान गरेको थियो । सो टेन्डरअनुसार २०७४ जेठ १४ गते कित्ता नम्बर ४६०६ को जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने निर्णय गरिएको थियो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi