काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ ।
जसमा बोनस सेयर ५ प्रतिशत र करसहित ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।







प्रतिक्रिया दिनुहोस्