काठमाडौं । आज एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चरको बीच धुम्बाराही, काठमाण्डौमा साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा पशुपति भेन्चरका तर्फबाट संचालक दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले पशुपति भेन्चरको सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ । पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी हो र यसले विगत १५ वर्ष देखि विभिन्न हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्दै आइरहेको छ ।
यस कम्पनीको लगानी रहेको खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड तथा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका जलविद्युत कम्पनीहरुले आयोजनाहरु सम्पन्न गरी विद्युत उत्पादन गर्दै आइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्