Skip to content

यस्तो बन्यो एमालेको १९ सदस्यीय नयाँ पदाधिकारी समूह: ओलीको बहुमत, पोखरेल समूहका २ जना मात्रै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनले अध्यक्ष केपी ओली समूहका अधिकांश पदाधिकारी विजयी भएका छन् ।

१९ जना पदाधिकारीमा १७ जना ओली प्यानलका विजयी भएका छन् । अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल समूहका २ जना मात्रै विजयी भएका छन् ।

निर्वाचनबाट अध्यक्षमा केही ओली, महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । अध्यक्ष ओलीले १६६३ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापा बादलले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्तले १२५८ मत प्राप्त गरे ।

महासचिव शंकर पोख्रेललले १२२८ मत पाएका छन् ।

उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराईले १३४८ मत पाए ।

यस्तै सचिवमा महेश बस्नेतले १५४४ मत, पद्माकुमारी अर्यालले १५३० मत, छविलाल विश्वकर्माले १५०६ मत, शेरधन राईले १५०३ मत, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १२३१ मत, यामलाल कंडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकालले ११०८ मत पाएका छन् ।

उपाध्यक्ष गोकर्णराज विष्ट र उपमहासचिवमा योगेश भट्टराई पोखरेल समूहका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi