Skip to content

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T