Skip to content

सालपा विकास बैंकले गर्याे आईपीओ बाँडफाँट

काठमाडौं । सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ।

बैंकले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्काशन गरेको थियो।

सोही सेयर आज बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो।

सो निष्काशनमा कुल ६७ हजार ६५५ जनाले ११ लाख ११ हजार ५२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६७ हजार ६३७ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँट गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T