काठमाडौं । जब रोगले ढोका ढकढक्याउँछ, उपचार बाहेक अर्को विकल्प हुँदैन । उपचार गर्नका लागि अस्पतालको बेड नै अन्तिम आशा बन्ने गर्छ । यस्ता आपतकालीन घडी सहज हुँदैनन् — शारीरिक पीडा त हुन्छ नै, आर्थिक बोझ झन् गह्रौं बन्छ । स्वास्थ्य उपचारमा लाग्ने खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता सबैलाई हुन्छ ।
न्यून आम्दानी, कम बचत जस्ता कुराहरुले स्वास्थ्यमा समस्या आउँदा खर्च व्यवस्थापन कठिन बन्नु स्वभाविक पनि हो । यही चुनौतीलाई सहज बनाउन केही बिमा कम्पनीहरुले विभिन्न योजना ल्याउने गरेका छन् । तर, तीमध्ये सन नेपाल लाइफले पहिलोपटक नेपालमै एउटा आकर्षक योजना ल्याएको छ ।
सन नेपाल लाइफले ल्याएको यो योजनाले अस्पतालको खर्चको कागजात भन्दा पनि अस्पताल बसाइको आधारमा दाबी भुक्तानी प्रदान दिन्छ जुन हो ‘सन मेडिकेयर’ । आकस्मिक ढंगमा स्वास्थ्यमा समस्या आउँदा सन मेडिकेयरले छिटो, भरपर्दो र झन्झटरहित बिमा प्रदान गर्दछ । यसले स्वास्थ्यमा समस्या आउँदा पर्ने आर्थिक बोझ कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
हुन, त सन नेपाल लाइफका अन्य थुप्रै योजना तथा प्रोडक्ट महत्वपूर्ण र मानिसका लागि धेरै सहयोगीपूर्ण छन् समयको चक्रसँगै यस बिमा कम्पनीले नयाँनयाँ र समसामयिक योजनाहरु ल्याउने गरेको छ । सन मेडिकेयर पनि यस बिमा कम्पनीले ल्याएको नयाँ प्रोडक्ट हो जसबाट नागरिकले पर्याप्त फाइदा लिन सक्दछन् ।
सन मेडिकेयर योजना कस्तो ?
धेरै वटा बिमा कम्पनीहरुले धेरै किसिमका बिमा योजनाहरु बजारमा सञ्चालन गरिरहेको बेलामा नागरिकहरुलाई कुन बिमा योजना कस्तो हो भन्ने किसिमका जिज्ञासा रहने गरेको छ । त्यस्तै समयमा सन नेपाल लाइफले सन मेडिकेयर एउटा नवीन बिमा सुविधा रहेको र त्यसले आकस्मिक स्वास्थ्य समस्याबाट हुने खर्चको तत्काल राहत प्रदान गर्ने जनाएको हो ।
दुर्घटना होस् या गम्भिर रोग—अस्पताल भर्ना हुँदा खर्चिनुपर्ने औषधि उपचारमा १ लाख रुपैयाँसम्मको बिमा सुरक्षा प्रदान गर्ने कारण उक्त बीमा योजनामा नागरिकहरुको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । सन मेडिकेयर आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले सन लाइफले सुरु गरेको यस बिमा योजना नेपालमा पहिलोपटक सुरु भएको कम्पनीको दाबी छ ।
सन मेडिकेयरले के–के कभर गर्छ ?
सन मेडिकेयर योजनाले दुर्घटना, एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, हृदयघात, विद्युतीय तथा अन्य जलन, डुबान, विषाक्तता, आन्द्रामा रगत बग्ने जस्ता समस्या समाधान गर्छ । यस्तै कीरा र सर्प टोकाइ, तापघात, मस्तिष्कमा चोट, गर्भाशय बाहिरको गर्भ, मानसिक स्वास्थ्य संकट, घाउमा संक्रमण आदि पनि यसले कभर गर्दछ।
यस्ता छन् सन मडिकेयर रोज्दा हुने फाइदाः
शल्यक्रिया सहित अस्पतालमा भर्ना हुँदाः पहिलो २ दिन प्रति दिन बिमांक रकमको २५ प्रतिशतसम्म तथा त्यसपछिका ५ दिन प्रति दिन बिमांक रकमको १० प्रतिशत रकम पाइने कम्पनीले जनाएको छ । सोही कारण पनि यस्तो बिमामा नागरिकहरुको आकर्षण बढेको छ ।
शल्यक्रिया रहित अस्पतालमा भर्ना हुँदाः १० दिनसम्म, प्रति दिन १० प्रतिशतका दरले राहत दिने कम्पनीले जनाएको छ । आपतकालिन अवस्थामा आर्थिक चिन्ता कम गर्न सन मेडिकेयर आवद्ध हुँदा सुरक्षाको सुनिश्चित गर्दै आफ्नो लागि र परिवारको लागि रक्षावरण हुने सन नेपाल लाइफले जनाएको हो ।
जीवन अनिश्चित हुँदा वित्तीय सुरक्षा सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ । आकस्मिक स्वास्थ्य समस्या र अस्पताल भर्नाका चुनौतीलाई सहज बनाउन सन नेपाल लाइफले ल्याएको सन मेडिकेयरु योजना, नेपालमै पहिलोपटक अस्पताल बसाइको आधारमा दाबी भुक्तानी प्रदान गर्ने बीमा सुविधा हो ।
आपतकालीन अवस्थामा आर्थिक राहत र मनोबल दिन सक्ने यस्ता योजनाहरु अब आमनागरिकका लागि अत्यन्त उपयोगी विकल्प बनेका छन् । यसै सन्दर्भमा, समयमै सोचेर योजना रोज्नु नै सुरक्षित भविष्यतर्फको जिम्मेवार कदम हुन सक्छ ।







प्रतिक्रिया दिनुहोस्