काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौं उपत्यका भित्रका ८ वटा शाखा गाभ्ने भएको छ । बैंकले काठमाडौं जिल्लाको ६ वटा र ललितपुर जिल्लाको २ सहित ८ वटा शाखा मर्ज गर्ने भएको छ ।
बैंकले काठमाडौंको लाजिम्पाटमा रहेको शाखा नक्साल नारायणचौरमा सार्ने भएको छ । यसको दुरी करिब ३०० मिटर रहेको छ । यस्तै बैंकले खिचापोखरी शााखा न्यूरोडमा सार्ने भएको छ । यसको दुरी १४० मिटर रहेको छ ।
यस्तै कुमारीपाटीको शाखा लगनखेलमा सार्ने भएको छ । यसको दुरी २०० मिटर रहेको छ ।
बैंकले जावलाखेलमा रहेको शाखा जावलाखेलको अर्को शाखामा मर्ज गर्ने भएको छ । यसको दुरी ३०० मिटर रहेको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा रहेको शाखा नयाँ बानेश्वरमा रहेको अर्को शाखामा मर्ज गर्ने भएको छ । यसकोे दुरी २५० मिटर रहेको छ ।
टेकुमा रहेको शाखा त्रिपुरेश्वर शाखामा मर्ज गर्ने भएको छ । यसको दुरी १०० मिटर दुरीमा रहेको छ । चावहिलको चुच्चेपाटीमा रहेको शाखा चावहिलमा मर्ज गर्ने भएको छ । यसको दुरी ३०० मिटरमा रहेको छ ।
कलंकीमा रहेको शाखा कलंकीको अर्को शाखामा मर्ज गर्ने भएको छ । यसको दुरी २०० मिटरमा रहेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी गरेको परिपत्र बमोजिम ८ वटा शाखा मर्ज गर्न लागेको जनाएको छ ।
मर्ज भएका शाखाको कारोबारमा चैत ३ गतेदेखि एक आपसमा गाभिई बैंकिङ्ग कारोवार समेत गाभ्ने शाखा कार्यालयबाट संचालन हुने जनाएको छ ।
गाभिने शाखा कार्यालयहरूबाट बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले शाखा कार्यालय गाभिए पश्चात गाभ्ने शाखा कार्यालयबाट पूर्ववत रूपमा आफ्नो कारोवार सुचारु गर्न बैंकले अनुरोध गरेको छ ।







प्रतिक्रिया दिनुहोस्