Skip to content

दर्जन बीमा कम्पनीको लाभांश घोषणा, कुनको कति ?

nabil bank
काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट १२ बीमा कम्पनीहरूले लाभांश घोषणा गरेका छन् । जीवन तथा निर्जीवन बीमा कम्पनी गरी १२ वटा बीमा कम्पनीले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेका हुन ।
जीवन बीमा कम्पनीहरूअन्तर्गत ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये सबैभन्दा धेरै लाभांश घोषणा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यसैगरी, हालसम्म सबैभन्दा धेरै लाभांश घोषणा गर्ने दोस्रो लाईफ इन्स्योरेन्स कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनस र १५.२६३२ प्रतिशत नगद गरी कुल २०.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर नदिई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर नदिई १०.१७८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ४ प्रतिशत बोनस र ४.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
यसैगरी, गत आर्थिक वर्षको नाफाबाट पाँच वटा निर्जीवन बीमा कम्पनीले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीले बोनस सेयर भने वितरण गर्ने छैन। त्यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोनस सेयर नदिई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने बोनस सेयर दिने छैन।
यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। त्यसैगरी शिखर इन्स्योरेन्स कम्पनीले ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime