काडमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेका कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले सेयधरनीलाई १२ प्रतिशत नगद लाभांश लाभांश दिने जनाएको छ ।
नगद लाभांशका लागि कम्पनीले ६२ करोड ३६ लाख ३९ हजार ३८५ रुपैयाँ छुट्याएको छ ।
कम्पनीको यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्