Skip to content

जेनजी आन्दोलनको भौतिक क्षतिमा २३  अर्ब ४४ करोडको दाबी:  सबैभन्दा धेरै  भुक्तानी  सिद्धार्थ प्रिमियरले गर्याे, कसले कति ? 

काठमाडाैं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हुलदङ्गाबाट क्षतिग्रस्त भौतिकको हालसम्म बीमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड रुपैयाँ बढीको दाबी परेको छ।
नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको पुस १ गतेसम्म तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ३ हजार ३०४ वटा दाबीको २३ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म कम्पनीहरूले ५ अर्ब १८ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
हालसम्म सबैभन्दा बढी बीमा दाबी रकम भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४०८ वटा दाबीको ५ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म १ करोड ८८ लाख ३२ लाख रुपैयाँ भुक्तानी गरेको छ।
यसैगरी, दोस्रो धेरै बीमा दाबी रकम भुक्तानी गर्नेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। यो कम्पनी हालसम्म १ अर्ब ३ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ। हालसम्म यो कम्पनीमा २२० वटा दाबीको २ अर्ब ८३ करोड १५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
शिखर इन्स्योरेन्स धेरै बीमा दाबी रकम भुक्तानी गर्ने तेस्रो कम्पनी हो। यो कम्पनीले ४४८ वटा दाबीको २ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म ७१ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ।
बाँकी कम्पनीको तथ्यांक 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi