Skip to content

जेनजी आन्दोलनको भौतिक क्षतिमा २३  अर्ब ४४ करोडको दाबी:  सबैभन्दा धेरै  भुक्तानी  सिद्धार्थ प्रिमियरले गर्याे, कसले कति ? 

nabil bank
काठमाडाैं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हुलदङ्गाबाट क्षतिग्रस्त भौतिकको हालसम्म बीमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड रुपैयाँ बढीको दाबी परेको छ।
नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको पुस १ गतेसम्म तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ३ हजार ३०४ वटा दाबीको २३ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म कम्पनीहरूले ५ अर्ब १८ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
हालसम्म सबैभन्दा बढी बीमा दाबी रकम भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४०८ वटा दाबीको ५ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म १ करोड ८८ लाख ३२ लाख रुपैयाँ भुक्तानी गरेको छ।
यसैगरी, दोस्रो धेरै बीमा दाबी रकम भुक्तानी गर्नेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। यो कम्पनी हालसम्म १ अर्ब ३ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ। हालसम्म यो कम्पनीमा २२० वटा दाबीको २ अर्ब ८३ करोड १५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
शिखर इन्स्योरेन्स धेरै बीमा दाबी रकम भुक्तानी गर्ने तेस्रो कम्पनी हो। यो कम्पनीले ४४८ वटा दाबीको २ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म ७१ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ।
बाँकी कम्पनीको तथ्यांक 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime