Skip to content

सुहाङ नेम्बाङलाई प्रधानमन्त्री कार्कीको प्रश्न, चुनाव लड्ने होइन ? 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङलाई भेटेर चुनाको बारेमा चासो राखेकी छन् । उनले नेम्बाङलाई भेटेर चुनाव लड्ने तयारी के भइरहेको छ ? भन्दै चासो राखेकी हुन ।
उनले आइतबार नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुबिधा नराखी चुनावको तयारी गर्न पनि आग्रह पनि गरेकी छिन् ।  मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने उनको बुझाई छ ।
प्रधानमन्त्री कार्की भन्छिन्, ‘हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ। शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ। अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।’ प्रधानमन्त्री कार्कीले नेम्बाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखिन ।
उनले भनिन, ‘चुनाव हुन्छ। तयारी अवस्थामा रहनू। तपाईँहरूजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। अनि मात्र देशमा केही न केही हुन्छ। बाँसको कलमले अक्षर लेख्न सिकेकाहरूले स्मार्टफोनसँगै जन्मिएकाहरूमाथि शासन गरेर हुँदैन। पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ। देश युवाले नै हाँक्नुपर्छ। युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उसले साहसिक पाइला पनि चाल्न सक्छ।’
नेम्बाङले इलाममा बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनः निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका छन् । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिएकी छिन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T