काठमाडौं । डा. निकोलस भुसाला काठमाडौंको माइतिघरबाट पक्राउ परेका छन् ।
जेनजी अभियन्ता मिराज ढुंगाना समूहले आयोजना गरेको आन्दोलनमा डा. भुसाल पक्राउ परेका हुन् ।
आज ढुंगाना समूहले माइतीघरमा प्रशासनको अनुमति नलिइ प्रदर्शन गरेको छ । अनुमति नलिइ प्रदर्शन गर्न नपाइने भन्दै प्रहरी माइकिङ समेत गरेको थियो ।
ढुंगाना समूहले १० बुँदे मागसहित आन्दोलन सुरु गरेको छ । यो समूहले प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा माग गरेको छ । यस्तै जेनजी आन्दोलनमा युवाहरुको हत्या गर्नेलाई कारबाही गर्न माग गरेको छ ।







प्रतिक्रिया दिनुहोस्