काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड १३ लाख ४२ हजार ७३३ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।
बैंकले सीईओ सुयोग श्रेष्ठलाई गत आर्थिक वर्षमा तलब भत्ता बापत उक्त रकम भुक्तानी गरेको हो । बैंकले सीईओलाई भुक्तानी गरेको उक्त रकमबाट ४६ लाख ५१ हजार ९१५ रुपैयाँ कर तिरेको छ ।
सीईओले ६६ लाख ९० हजार ८१८ रुपैयाँ पाएका छन् । बैंकले सीईओलाई ६० लाख ७२ हजार तलब दिएको छ भने भत्ता बापत ३६ लाख ४८ हजार, दशैं भत्ता बापत ८ लाख ६० लाख ६०० रुपैयाँ, संचय कोष कट्टी रकम ६ लाख ७ हजार २०० रुपैयाँ र अन्य रकम १ लाख ५४ हजार ९३३ रुपैयाँ रहेको छ ।
बैंकले सीईओलाई उक्त रकम बाहेक दुर्घटना बीमा, मोबाईल खर्च, सवारी साधन सुविधा, ईन्धन तथा मर्मत खर्च बैंक दिने गरेको छ ।







प्रतिक्रिया दिनुहोस्