Skip to content

 दुई मन्त्री पुगे कांग्रेसको पार्टी कार्यालयमा 

nabil bank
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले नेपाली कांग्रेसको क्षतिग्रस्त केन्द्रीय कार्यालयको निरीक्षण गरेको छ ।
निरीक्षणपछि मन्त्री सिन्हाले विभिन्न कालखण्डमा राजनीतिक निकास निकालेको नेपाली कांग्रेसले वर्तमान परिस्थितिमा पनि देशलार्ई निकास दिन पहल गर्नुपर्नेमा जोड दिए ।
“दलहरू पनि देशलाई राजनीतिक निकास दिनेतर्फ लाग्नुपर्छ, अहिले देश सङ्कटमा छ, हामीले सहमति गर्ने हो, हामी निर्वाचनमा केन्द्रित भइसकेका छौँ, सरकारले के कस्तो वातावरण बनाउनुपर्छ, राजनीतिक दलको अपेक्षा र सुझाव पनि सरकारलाई आवश्यक छ”, मन्त्री सिन्हाले भने । मन्त्री खरेलले  प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाएको उल्लेख गर्दै सरकार र प्रमुख राजनीतिक दलबीच संवाद जारी राखेको बताए ।
उनले भने, “सरकारले बोलाएको वार्तामा सहभागी भएर नेपाली कांग्रेसले सहयोग गरिरहेको छ, चुनावलाई कसरी निष्पक्ष बनाउन सकिन्छ भनेर हामीले सबै राजनीतिक दलसँग छलफल गरिरहेका छौँ । चुनावको वातावरण बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको छ । का निम्ति विश्वसनीय  वातावरण पनि बनाउँछ ।” निर्वाचनको वातावरण बनाउन सरकारले सरोकार भएका सबै पक्षसँग वार्ता गरिरहेको मन्त्री खरेलको कथन थियो ।
मन्त्री खरेलले जेनजी आन्दोलनमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीको चाहनाअनुसार पार्टी कार्यंलय भवन कसरी पुनर्निर्माण भइरहेको छ भन्ने जानकारी लिन आफूहरू आएको बताए ।
मन्त्रीद्वयलाई स्वागत गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिए । उनले भने, “हामी सबै मिलेर निर्वाचनमा जानुपर्छ । सबै दलको दृष्टि चुनावमा हुनुपर्छ ।”
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime