Skip to content

कार्यदलको सुझावः गभर्नर महिनाको एक दिन गाँउ गाँउ जानु, घरजग्गा धितोमा कम, नगद प्रवाहमा बढी जोड दिनु

काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन ४ वटा काम गर्न सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकले डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा गठन गरेको कार्यदलले यस्तो सुझाव दिएको हो । कार्यदलको सुझावमा ‘ग्रामीण क्षेत्रमा राष्ट्र बैंक’ भन्ने कार्यक्रम सुरु गर्न प्रत्येक महिना एक दिन गभर्नर स्वयम् कुनै ग्रामीण क्षेत्र (हिमाल, पहाड र मधेश÷तराई) भ्रमण गरी त्यहाँको आर्थिक सम्भावना, कर्जाको माग र बैंक तथा वित्तीय संस्थाको कर्जालगायत अन्य सेवाको बारेमा सरोकारवालासँग अन्तरक्रिया गर्ने र सोका आधारमा नीति नियममा आवश्यक परिमार्जन गर्न सुझाव दिएको छ ।

यस्तै कार्यदलले इच्छुक पालिकासँग मिलेर वित्तीय गुरु नियुक्त गर्ने (एक सफल व्यवसायी, एक एनआरएन र एक बैंकरको टीम) । यस्तो टिमले सो पालिकाको सुक्ष्म अध्ययन गरी परम्परागत कृषि नभएर हेभि भ्यालु एडिसन हुने कृषिलगायत अन्य वस्तु तथा सेवा उद्योगको सम्भावना पहिचान गर्नेर सोको सफल सञ्चालनका लागि सहयोग गर्न सुझाव दिएको छ ।

यस्तै प्रत्येक पालिकामा कम्तीमा एक हप्ताको उद्यमशीलतासहितको वित्तीय साक्षरता कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गर्न सुझाव दिएको छ । कार्यदलले घरजग्गा धितोमा कम जोड तथा नगदप्रवाहमा बढी जोड दिनेतर्फ बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गर्न सुझाव दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima