Skip to content

दुई करोड १० लाख बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

nabil bank

काठमाडौं । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई करोड १० लाख बैंकिङ कसुरका फरार आरोपीलाई आज पक्राउ गरेको छ ।

कार्यालयले सुमितकुमार खेतानको जाहेरीका आधारमा बैंकिङ कसुरका आरोपी एसएन सप्लायर्सका प्रोपाइटर धनुषा घर भई काठमाडौँ बस्ने सन्तोषकुमार साहलाई काठमाडौँ महानगरपालिका–४ चन्डोलबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनी बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइको पनि आचार्यले बताए । उनीमाथि महोत्तरीमा एक करोड ७२ लाख र धनुषामा आठ लाख र झापामा ३० लाख बिगो बराबरको बैंकिङ कसुर गरेको अभियोग रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi