Skip to content

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई धरौटीमा छोड्न आदेश

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुस ४ गते धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत कसूरमा पक्राउ काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीबाट पक्राउ गरेको थियो ।
अग्रवाल क्राउ परेको केही दिनपछि परिवारले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको थिए । अग्रवाल पक्षले हिरासतबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए ।

अदालतले अग्रवाललाई धरौटीमा छोडन आदेश दिएको सीआईबीले जनाएको छ ।

धितोपत्र बोर्डले प्रारम्भिक जाँचबुझ गर्दा अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून बिपरित नाफा आर्जन गरेको र अन्य टीएमएस प्रयोग गरी आपसी खरिद–बिक्री तथा आफन्त तथा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पाएको थियो ।

अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर बिक्री गरेको पाएपछि बोर्डले थप अनुसन्धान गर्न सीआईबीलाई पठाएको थियो ।

यस्तै अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले सोहि ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको पाइएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima