Skip to content

पूर्बगृहमन्त्री लेखकको बयान: प्रदर्शनमा घुसपैठ हुन सक्छ, सतर्कता अपनाउनु भनेको थिएँ (पूर्णपाठ)

nabil bank
काठमाडौं । पूर्व गृहमन्त्री रमेस लेखकले जेनजी आन्दोलनको घटनासम्बन्धी सुरक्षा निकायसँग भएको आफ्नो निर्देशनबारे बयान दिएका छन् ।  उनले गृहमन्त्रीको जिम्मेवारीमा रहँदा सो दिन सुरक्षा निकायलाई तीन महत्त्वपूर्ण निर्देशन दिएको बताएका छन् ।
उनका अनुसार पहिलो निर्देशन—प्रदर्शनका क्रममा कुनै मानवीय क्षति नहोस् भन्ने थियो। “कुनै हताहति नहोस्, कुनै व्यक्तिको ज्यान जाने अवस्था नआओस्। यसबारेमा सबै सचेत रहनुहोस्, सावधानी अपनाउनुहोस्,” उनले बयानमा भनेका छन् ।
दोस्रो निर्देशन शान्ति–सुरक्षाको समन्वयात्मक व्यवस्थापनबारे थियो। उनले सुरक्षा निकायलाई आपसी समन्वयमा उचित सुरक्षाको व्यवस्था मिलाउन अनुरोध गरेका थिए।
तेस्रो निर्देशन प्रदर्शनको स्वरूपबारे थियो। उनले सो प्रदर्शन कुनै राजनीतिक समूहको नभएकाले नेतृत्वविहीन हुन सक्ने र त्यसमा घुसपैठको सम्भावना रहन सक्ने बताएका थिए। उनी भन्छन्, “प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, त्यसैले सतर्कता अपनाउनुहोस् ।”
बयान पूर्णपाठ
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life