Skip to content

सीता एयरका अध्यक्षले दिए राजीनामा, स्वतन्त्र सञ्चालकसहितको समिति गठन गर्ने

काठमाडौं । सीता एयरका अध्यक्षले राजीनामा दिएका छन् । अध्यक्षे दिएको राजीनामा एयरका आगामी साधारणसभाले स्वीकृत गर्ने भएको छ ।

एयरले पुस २८ गतेका लागि २७ औं बार्षिक साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सिनामंगलमा हुने जनाइएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गर्ने, गत आवको लेखापरिक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाब पेश गर्ने, चालु आवका लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

यस्तै अध्यक्षको राजीनामा स्वीकृत गर्ने, स्वतन्त्र सञ्चालक सहितको सञ्चालक समिति गठन गर्ने, संसोधित सञ्चालक लगत कार्यालयमा अभिलेख तथा प्रमाणित गराउने, रकम चुक्ता गर्ने, सेयर लगत प्रमाणित तथा अभिलेख गर्ने, सेयर जफतका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन सभाबाट स्वीकृत प्रस्ताव रहेको छ ।

यस्तै नियमावलीको नियम २७(२) संशोधन गर्ने, नियमन निकायहरुबाट कुनै थपघट वा संसोधन गर्न निर्देशन भएमा आवश्यक संसोधन तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्न सभाबाट स्वीकृत प्रदान गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T