Skip to content

जेनजी आन्दोलनः केपी ओलीले गुण्डुबाट दिए लिखित बयान, स्थानहद बारे निर्णय लिने आयोगको तयारी

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनापछि सरकारले गठन गरेको जाँचबुझ आयोगलाई लिखित बयान दिएका छन् ।

उच्च स्रोतका अनुसार ओलीले आज आयोगका अधिकारीहरुलाई लिखित बयान दिएका छन् । आज आयोगले बयानका लागि पत्र काटेको थियो । ओलीले पत्र लिएर भक्तपुरस्थित गुण्डुमा रहेको निवासमा पुगेको टोलीलाई लिखित जवाफ पठाएका छन् ।

लिखित जवाफ पाएपछि आयोगले ओलीको स्थानहद बारे निर्णय लिने भएको छ । अध्यक्ष ओलीले सिंहदरबार गएर जाँचबुझ आयोगलाई बयान नदिने अडान लिँदै आएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life