काठमाडौं । आज सुन, चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदी १८५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ थियो ।
यस्तै आज चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया दिनुहोस्