काठमाडौं । पोखरा फाइनान्सले २ आर्थिक वर्षको साधारण सभा एकै पटक गर्ने भएको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को बार्षिक साधारणसभा माघ १४ गते गर्ने निर्णय गरेको छ ।
सभा प्रयोजनका लागि पुस ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २९ गतेसम्म कायम रहेका सेयरधनीले उक्त सभामा भाग लिन पाउनेछन् ।
सभा दरबारथोक बैंक्वेट बाँस्तोलाथर पोखरामा हुनेछ ।








प्रतिक्रिया दिनुहोस्