Skip to content

नेशनल लाईफले गर्यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

nabil bank

कामठाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौं स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५ सय भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरे । नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरे ।

उक्त प्रदेशबाट आफ्नो कोड र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा सीईओले सीईओ क्लब कार्यक्रममा नेपालभर बाट १ हजार ६ सयजना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्ताहरुलाई सकरात्मक असर पु¥याउने हुँदा सबै तहका अभिकर्ताहरुलाई हुने गरी मासिक तथा बार्षिक योजना ल्याउने क्रमलाई निरन्तरता दिने बताए ।

उनले बीमा अभिकर्र्ता पेशा केवल व्यवसायसंग जोडिएको न भै सेवाभाव सँग जोडिएको एक पवित्र पेशा भएकोले यस पेशामा जोडिने हरेक अभिकर्ताले सफलता हासिल गर्ने मूख्य आधार नै काम प्रतीको इमान्दारिता र निरन्तरता रहेको बताए ।

कार्यक्रममा उपस्थित विजेता अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले मोटिभेसनल तालिम प्रदान गरे । बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरु मध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाका रविना के.सी.ले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life