Skip to content

महालक्ष्मी विकास बैंंकको लाभांश पारित, सञ्चालक समिति चयन

nabil bank

काठमाडौं । महालक्ष्मी विकास बैंककोे २४औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । आइतबार सम्पन्न सभाले सेयरधनीलाई बैंकले दिएको लाभांश पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.३७ प्रतिशत लाभाशं दिने प्रस्ताव गरेको थियो । जसमा ५.३७ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । अघिल्लो आर्थिक वर्ष बैंकले ७ प्रतिशत लाभांश दिएको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो ।

२०८२ असार मसान्तसम्म वासलात तथा आब २०८१÷०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा÷नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी सभाले पारित गरेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को तुलनामा आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०८०÷८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ ।

पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशत बाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा बैकको निक्षेप ५६.२२ अर्ब रहेको छ भने कर्जा तथा सापटी ४७.२१ अर्ब रहेको छ ।

बैंकको नियमावली बमोजिम सस्ंथापक समुह (क) बाट ३ जना र सर्वसाधारण समुह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचन गर्ने साधारण सभामा प्रस्ताव भए बमोजिम सस्ंथापक शेयरधनी समुह (क) बाट ३ जना क्रमशः राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ्ग प्रा.लि.को तर्फबाट सागर मल्ल निर्वाचित भएकमा छन् ।

सर्वसाधारण सेयरधनी समुह (ख) बाट ३ जना क्रमशः श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिको आजै बसेको पहिलो बैठकबाट राजेश उपाध्यायलाई संचालक समितिको अध्यक्षको रुपमा चयन गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life