Skip to content

एनएमबी बैंकले गर्दै छ यी ८ वटा शाखा मर्ज

काठमाडौं ।  एनएमबी बैंकले आफ्नो शाखा सञ्जाललाई घटाउनको लागि देशका विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै शाखा समायोजन तथा एकीकरणबारे जानकारी दिएको हो।
बैंकका अनुसार विराटनगर महानगरपालिका वडा नं.१ मा रहेको विराटनगर शाखा महेन्द्रचोक शाखासँग मर्ज गरिनेछ। त्यस्तै, भरतपुर महानगरपालिका वडा नं. २ मा रहेको नारायणगढ मेनरोड शाखा भरतपुर महानगरपालिका वडा नं. १ मा रहेको लायन्स चोक शाखामा समायोजन गरिनेछ।
बैंकले पोखरा महानगरपालिकामा रहेका दुई शाखा पनि मर्ज गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नं. २ मा रहेको पोखरा शाखा चिप्लेढुंगा शाखासँग मर्ज गरिनेछ भने पोखरा महानगरपालिका वडा नं. १५ मा रहेको रामबजार शाखा पोखरा महानगरपालिका वडा नं. १० मा रहेको अमरसिंह शाखामा समायोजन गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार मर्ज गरिएका शाखा र समायोजन भएका शाखाबिचको दूरी न्यून रहेकाले ग्राहकलाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ। शाखा मर्ज पछि पनि सबै प्रकारका बैंकिङ सेवा नियमित रूपमा उपलब्ध हुने र ग्राहक सेवामा कुनै अवरोध नआउने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाका शाखा मर्ज गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार एनएमबी बैंकले आफ्ना ८ शाखालाई ४ शाखामा समायोजन गरेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi