काठमाडौं । सरकारले फागुन २१ गते हुने निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ ।
सरकारले १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरीका लागि दर्खास्त खुला गरेको हो । म्यादी प्रहरीका लागि पुस २५ देखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ ।
दर्खास्त उपत्यकाका साथै सबै जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । दर्खास्त दिन १८ हजार पुरा भएर ५४ वर्ष ननाघेको हुनुपर्ने छ ।









प्रतिक्रिया दिनुहोस्