Skip to content

उच्छृङ्खल गतिविधिका कारण बैंकभित्र असुरक्षा उत्पन्न भयाेः एनआईसी एशिया बैंक

nabil bank

काठमाडौं । एनआईसी एशिया बैंकले उच्छृङ्खल गतिविधिका कारण बैंकभित्र नै असुरक्षा उत्पन्न भएको जनाएको छ । बैंकका अनुसार इटहरी शाखामा घटेको घटनाको कारण बैंकिङ क्षेत्रमा असुरक्षित वातावरण सिर्जना भएको हो ।

बैंकले जारी गरेको विज्ञप्तीमा कलुसित मनसायका साथ बैंकभित्र प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्ने, अभद्र व्यवहार प्रदर्शन गर्ने तथा शाखा कार्यालयमा अराजक गतिविधि गर्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

बैंकजस्तो संवेदनशील तथा अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाभित्र गरिने यस्ता गैरकानूनी र उच्छृङ्खल गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने बैंकको स्पष्ट धारणा छ । यस्ता गतिविधिले बैंकमा कार्यरत कर्मचारी मात्र नभई समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना गरेको बैंकले जनाएको छ ।

विज्ञप्तीमा बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी गर्ने तथा जिउज्यानमा क्षति पुर्‍याउने उद्देश्यले पेट्रोलजस्ता अत्यन्त प्रज्वलनशील पदार्थ छर्कनेजस्ता कानूनद्वारा निषेधित गम्भीर गतिविधिले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बैंकिङ क्षेत्रमै नकारात्मक असर परेको उल्लेख छ । यसका कारण सुरक्षित रूपमा काम गर्ने वातावरणमा समेत गम्भीर प्रभाव परेको र कर्मचारीहरूले असुरक्षा महसुस गरिरहेको अवस्था रहेको बैंकले जनाएको छ ।

बैंकले कुनै पनि बहानामा कर्मचारीमाथि गरिने यस्ता अभद्र तथा गैरकानूनी व्यवहार सह्य नहुने स्पष्ट गर्दै घटनामा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्न माग गरेको छ । साथै, बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्ति–सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग बैंकले आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi