Skip to content

आइजीआई प्रुडेन्सियलको साधारण सभाले गर्यो लाभांश पारित

nabil bank

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनीको २८औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीकाे साधारणा सभा  बिहीबार अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाण्डौँमा सम्पन्न भएको हो ।

कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट वितरण गरिएको लाभांश पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारित गरेको हो ।

यसैगरी, साधारण सभाले कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भएको र माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्शालबाट पानीपोखरी स्थित आफ्नै भवनमा सर्ने तयारी भएको जानकारी पनि गराएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life