Skip to content

एनएमबि बैंकका सीईओको तलब भत्ता २ करोड ३६ लाख, सञ्चालकले कति बुझे ?

nabil bank

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड ३६ लाख ४ हजार ३१७ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले पूर्व सीईओ सुनिल केसीलाई १ करोड ८६ लाख ९ हजार ३५३ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै वर्तमान सीईओ गोविन्द घिमिरेलाई ४९ लाख ९४ हजार ९६४ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई तलब, संचय कोष, भत्ता, बोनस र अन्य शिर्षकमा उक्त रकम भुक्तानी गरेको हो । उक्त रकमबाट राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् ।

यस्तै बैंकले सञ्चालकलाई १९ लाख ६४ हजार रुपैयाँ भत्ता बापत भुक्तानी गरेको छ । सञ्चालक समितिको अध्यक्षलाई प्रति बैठक बापत १८ हजार र सदस्यलाई १६ हजार दिने गरेको छ ।

हाल बैंकको अध्यक्षमा मनोज कुमार गोयल, सञ्चालकमा शर्मिला सञ्जिब हार्दी प्रकाश, ठाकुर जंग थापा, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका र बन्दना पाठक रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life