काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा कार्यालय बन्द हुने भएको छ ।
बैंकको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२ जनकचोकमा रहेको शाखा सोही उपमहानगरपालिका–१ मा रहेको मिल्स एरियामा रहने भएको छ । यसको दुरी करिब ९ सय मिटर रहेको छ ।
बैंकका अनुसार गाभिएको शाखा माघ १८ गतेदेखि नयाँ ठाँउबाट सञ्चालन हुने छ । शाखा गाभ्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेको वनाएको छ ।
पुरानो शाखाको लकरमा ग्राहकले टुटफुट हुने सामानहरू माघ १५ गतेसम्म बिहान १० देखि दिउँसो ३ बजे भित्र सुरक्षित गर्न भनेको छ ।








प्रतिक्रिया दिनुहोस्