बागमती । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले उक्त समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल तथा सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्