Skip to content

पाँच महिनामा रेमिट्यान्स ८७० अर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ८७० अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच महिनामा रेमिट्यान्स ३५.६ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार २०८२ मङ्सिर महिनामा मात्र १८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ११८ अर्ब ७९ करोड रुपैयाँभन्दा निकै बढी हो। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि दर ३।४ प्रतिशतमा सीमित थियो।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७०० अर्ब ४३ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। यस्तै, वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्या उच्च नै रहेको छ। पाँच महिनामा वैदेशिक रोजगारीका लागि नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ७५ हजार ५९१ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T