Skip to content

राष्ट्र बैंकमा भुसको आगो बन्दै २२ लाखको विवाद, गभर्नर प्रा.डा. पौडेल रुष्ट

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीले पाउने एक करोड बढीको घरजग्गा सापटीलगायत थप सुविधाका विषयमा बढेको विवाद भुसको आगोमा परिणत भएको छ ।

उनीहरुले यसअघि पाउँदै आएको ८८ लाख रुपैयाँमा थप ४० लाखसहित १ करोड २८ लाख रुपैयाँ माग गरेको, व्यवस्थापन २२ लाख मात्र दिनुपर्ने अडानमा रहेको र सञ्चालक समिति अहिलेको अवस्थामा सुविधा थप्न नहुने देखिएपछि विवादले अर्कै मोड लिन थालेको छ ।

कर्मचारीले विद्यमान घरजग्गा सापटी रकममा ४० लाख रुपैयाँ बढाउन माग गरेपछि सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटीको संयोजकत्वमा कमिटी गठन गरिएको थियो । कर्मचारी प्रतिनिधिहरुसहितको रायमा लामो समयपछि समितिले अहिले २२ लाख मात्रै बढाउनु पर्ने सिफारिस गरेको छ ।

सरकारले बजेट भाषणको क्रममा बढाइएको महँगी भत्ता ५ हजार दिनुपर्ने र घरजग्गा सुविधामा हाल दिँदै आएको ८८ लाखमा २२ लाख थप्न शिवाकोटी समितिले सुझाएको थियो । विगतमा महँगीलगायत धेरै किसिमका भत्ता मर्ज गरेर ठूलो रकमको केन्द्रीय बैंक भत्ता दिइएको अवस्थामा अहिले ५ हजार दिनुलाई पनि अर्थ मन्त्रालयले निको मानेको देखिँदैन ।

हाल उपभोग गरिएको ८८ लाख र अप थपिने भनिएको २२ लाखपछि हुने १ करोड १० लाखको सापटीबारे पनि राष्ट्र बैंकका कर्मचारी असन्तुष्ट देखिन्छन् । ‘कर्मचारीहरु ४० लाख थप्नु पर्ने भन्दै असन्तुष्ट बनेका हुन्,’ स्रोतले बतायो । पुस ९ गतेको सञ्चालक समिति बैठकमा १ करोड १० लाख घरजग्गा सापटीबारे निर्णय हुन नसकेको हो ।

यो सुविधा तीस वर्षअघिको १ लाख २५ हजारबाट यहाँसम्म आइपुगेको बताइन्छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा ५० लाखबाट ८८ लाख रुपैयाँ बनाइयो । अहिले कर्मचारीले ४० लाख बढाउन माग गरेपनि गभर्नरको चाहना विपरीत २२ लाख बढाउन केन्द्रीय बैंकले पहल गर्ने बुझिएको छ ।

गभर्नर अधिकारीको कार्यकालको अन्तिम समयमा कर्मचारीले पाउने घरजग्गा सापटीलगायत थप सुविधा २५ प्रतिशतले बढाइएको थियो । बैंकले हाल कर्मचारीलाई घरजग्गा सापटीमा १ प्रतिशत ब्याज तोकेको छ । त्यो रकम घरजग्गा बाहेक कहाँ खर्च गरिएको छ भन्नेबारे व्यवस्थापनले कुनै चासो दिएको पाइँदैन ।

बैंकमा पछिल्लो समय १२ सय हाराहारी कर्मचारी कार्यरत छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life