Skip to content

राष्ट्र बैंकले पुराना सवारी साधन लिलाम गर्दै

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका पुराना सवारी साधनहरू जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलाम बिक्री गर्ने भएको छ ।
बैंकले आज एक  सूचना जारी गर्दै ४ वटा पुराना सवारी साधनहरू लिलामबाट बिक्री गरिने जनाएको हो । ती सवारी साधनको मोडेल, बनेको साल र न्यूनतम लिलाम मूल्य समेत उल्लेख गर्दै लिलाम प्रक्रिया अघि बढाएको छ । इच्छुक व्यक्ति वा फर्म कम्पनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले १७ दिन माग ११ गते भित्र बोलपत्र फाराम खरिद गरी सिलबन्दी बोलपत्र पेस गर्नुपर्ने जनाएको छ ।
बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, बालुवाटारमा माग १२ गते सोमबार २ बजे सिलबन्दी बोलपत्र हुने बताइएको छ । बोलपत्र साथ बोलपत्र जमानत बापत आफूले कबोल गरेको रकमको ५ प्रतिशतले हुन आउने रकम यस बैंकको बैंकिङ्ग विभाग, थापाथलीमा रहेको खाता नं. ११०९९०१–०११–२०३५२४ मा नगद जम्मा गरेको सक्कल भौचर पेस गर्नुपर्ने उल्लेख गरेको छ ।
बोलपत्र स्वीकृत भएका व्यक्ति, फर्म वा कम्पनीहरूले यस बैंकमा राखेको उक्त धरौटी रकम लिलाम सकारेको सवारी साधनहरूको नामसारी भए पश्चात् फिर्ता गरिनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life