काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति गरेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ बाहिरिएका छन् । घिसिङ आजै पार्टीको अध्यक्ष बनेका छन् । घिसिङको दलले पत्रकार सम्मेलन बोलाएको छ भने रास्वपाले आकस्मिक रुपमा सचिवालय बैठक आयोजना गरेको छ ।
समानुपातिक सूचि बुझाउने दिन रास्वपासँग कुलमानले सहमति गरेका थिए । जसमा उनलाई उपसभापति दिने सहमति भएको थियो । सो सहमति अनुसार १४ जना रास्वपाको समानुपातिकमा उम्मेद्वार बनेका छन् । रास्वपाले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र(बालेन) शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएको छ ।








प्रतिक्रिया दिनुहोस्